इस्वी संवतकाे नयाँ वर्ष २०२६ शुरू

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । 

नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । पश्चिमा मुलुकहरूमा नयाँ वर्षकाे भव्य स्वागत गरिएकाे छ ।

पछिल्लो समय नेपालमा पनि अंग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ । नयाँ वर्ष २०२६ का अवसरमा विदेशीको बढी उपस्थिति हुने काठमाडौंको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ ।

पाेखरामाकाे लेकसाइइडमा अंग्रेजी नयाँ वर्षका अवसरमा हरेक वर्ष जस्तै यस वर्ष पनि पाेखरा सडक महाेत्सव आयोजना गरिएकाे छ ।

Facebook Comments