इरान अमेरिका र इजरायलकाे संयुक्त आक्रमण, इरानका सर्वाेच्च नेता मारिएकाे ट्रम्पकाे दाबी

संयुक्त राज्य अमेरिका र इजराइलले इरानमा भीषण आक्रमण गरेका छन् । साे आक्रमणमा परी इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी मारिएको दाबी गरिएकाे छ ।

इरानकाे एक विद्यालयमा मिसाइल खस्दा कम्तिमा १३३ जना नागरिकको मृत्यु भएको छ। जसमा अधिकांश विद्यार्थी रहेका बताइएकाे छ ।

भीषण हमला भएकाले मृतककाे संस्था यकिन गर्न सक्ने अवस्था भने छैन कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले २०० भन्दा बढी सर्वसाधरणाकाे मृत्यु भएकाे उल्लेख गरेका छन् ।

इरानमा मानवअधिकारसँग सम्बन्धित अमेरिकी समाचार संस्था एचआरएएनएकाले कम्तिमा १३३ जना मारिएको र २०० भन्दा बढी घाइते भएको जनाएको छ।

आक्रमणमा ८ जना सैन्य अधिकारी पनि मारिएको उक्त समाचार संस्थालाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ।

यसअघि इरानको सरकारी टेलिभिजन प्रेस टिभीले २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएको रिपोर्ट सार्वजनिक गरेको थियो।

अमेरिका र इसराइलले इरानका २४ प्रान्तहरूका विभिन्न स्थानमा लक्ष्य गरेर हमला गरेका थिए ।

हमलामा इरानका उच्च अधिकारी र  सैन्य संरचनालाई मात्रै लक्ष्य गरिएको भन्ने अमेरिका र इसराइलको दाबी छ।

इसरायलकाे स्राेतका आधारमा भन्दै इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी मारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे दाबी छ ।

अमेरिका र इसराइलले शनिबार इरानमा गरेको संयुक्त आक्रमणमा सर्वोच्च नेता मारिएको ट्रम्पले आफ्नो ट्रुथ सोसियल अकाउन्टमा पोस्ट गर्दै दाबी गर्नुभएकाे छ । तर इरानले भने सर्वाेच्च नेता खामेनी सुरक्षित रहेकाे बताएकाे छ ।

Facebook Comments