माैसमः
जल तथा माैसम विज्ञान विभाग, माैसम पुर्वानुमान महाशाखाका अनुसार आइतबार तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लाग्ने तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ ।
तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहने, हिमाली र पहाडी भू-भागमा साधरणतया बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।
तराई भू-भागमा दिउँसाेकाे समयमा मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । त्यस्तै कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका समेत एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आइतबार तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भू-भाग सहित बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ।


