इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि, इरानमा ४० दिन शाेक घाेषणा

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएको छ। ८६ बर्षीय खामनेीकाे इजरायल र अमेरिकाकाे आक्रमणमा परी मृत्यु भएकाे हाे ।

इरानका सरकारी टेलिभिजन र विभिन्न मिडिया आउटलेटहरूले सर्वोच्च नेता खामेनी मारिएको पुष्टि गरेका छन् ।

आइतबार बिहान मात्रै इरानी अधिकारीहरूले पनि उनको मृत्यु भएको पुष्टि गरेको त्यहाँका सञ्चारमाध्यमहरुलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ

सर्वोच्च नेता खामेनीको मृत्युपछि इरानमा ४० दिने सार्वजनिक शोक घोषणा भएको पनि रोटर्सले लेखेको छ । बिबिसीले भने खामेनीकाे छाेरी, छाेरी ज्वाइँ सहितका आफन्त पनि मारिएकाे बताएकाे छ ।

Facebook Comments