तीन हप्ताभित्र अमेरिकाले इरान छाड्ने ट्रम्पकाे घाेषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘दुईदेखि तीन हप्ताभित्र’ अमेरिकाले इरान छाड्ने बताउनुभएकाे छ । अमेरिकाले इरानले परमाणु हतियार नबनाउने कुरामा निश्चित हुनुपर्ने ट्रम्पकाे सर्त छ ।
इरानी शासकले सम्झाैताका लागि याचना गरेकाे ट्रम्पकाे भनाइ छ । तर तेहरान र अमेरिकाकी अधिकारीहरूकाे दाबी परस्पर फरक फरक हुने गरेका छन् ।
इरानी राष्ट्रपति मसुद पेजेशकियनले तेहरानसँग युद्ध अन्त्य गर्ने कुरा सकारात्मक रहेपनि जारी युद्धमा भएकाे क्षतिपुर्ति र पुनः शत्रुहरूले फेरि आक्रमण नगर्ने ग्यारेन्टी चाहिने टिप्पणी गर्नुभएकाे थियाे ।
Facebook Comments

