संसदमा प्रतिनिधित्व गर्ने दलकाे बैठक बस्दै

सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बस्ने भएको छ ।

चैत १९ गतेका लागि बस्ने संसद बैठककाे सम्बन्धमा तयारीका लागि बैठक बस्न लागेकाे हाे । संसद्का महासचिव पद्मप्रसाद पाण्डेले  दिउँसो १ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बस्ने जानकारी दिनुभयाे । 

फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न सफल भएका दलहरूको बैठक सचिवालयले आह्वान गरेको हाे ।

फागुन २१ गते भएको प्रतिनिधिसभाबाट ६ दलले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा सिट जितेका छन् ।

Facebook Comments