८ जिल्लाका विभिन्न सडकखण्डमा बाढी पहिराेका कारण यातायात सेवा प्रभावित

अविरल वर्षा, बाढी र पहिराेका कारण विभिन्न ८ जिल्लामा पर्ने राजमार्गका विभिन्न खण्डहरूमा यातायात सेवा प्रभावित बनेकाे छ । गत भदाै १० गतेकाे रसुवा भाेटेकाेशी बाढीले गर्दा धादिङ, रसुवा र नुवाकाेटका विभिन्न स्थानमा सडकखण्डहरूमा क्षति पुगेकाले यातयात सेवा प्रभावित बनेकाे छ । कतिपय स्थानमा मर्मतपछि यातायात सेवा सञ्चालन हुन थालेकाे छ ।

त्यस्तै पछिल्लाे पटक असाेज ९ देखि ११ गतेसम्मकाे अविरल वर्षा, बाढी र पहिराेका कारण मनाङ, बागलुङ, मुस्ताङ, म्याग्दी, नवलपरासी पूर्व र हुम्ला जिल्लामा पर्ने राजमार्गका विभिन्न राजमार्गमा यातायात सेवा प्रभावित बनेकाे प्रहरीले जनाएकाे छ । कतिपय स्थानमा सडक एकतर्फी सञ्चालनमा रहेकाे छ भने कतिपय स्थानमा पूर्ण रूपमा अवराेध रहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments