माैसमः ३ प्रदेशकाे पहाडी र हिमाली भूभागमा हल्का वर्षा एवं हिमपातको सम्भावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार साँझ तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो लाग्नेछ । महाशाखाले कोशी र गण्डकी प्रदेशको पहाडी र  हिमाली भू-भागमा तथा बागमती प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग सहित बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। 

त्यस्तै फागुन १९ गते मंगलबार तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लाग्नेछ । दिउँसाे भने कोशी प्रदेशका पहाडी र हिमाली भू-भागमा, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ । त्यस्तै कोशी प्रदेशको पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

Facebook Comments