रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना हुँदा एक जनाकाे मृत्यु

रामेछाप नगरपालिका-२ स्थित सिरूबारीमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना भएको छ। साे दुर्घटनामा १ जनाकाे मृत्यु भएकाे छ भने ७ जना घाइते भएका प्रहरीले जनाएकाे छ।

सोमबार अपराह्न ४ बजेतिर दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको हाे ।

उक्त गाडीमा ११ जना सवार रहेको बताइएको छ । उनीहरूमध्ये ३ जना गाडीबाट हाम फालेका थिए । 

Facebook Comments