एसईई आजदेखि सुरू
एक महिनामा नतिजा प्रकाशन गर्ने तयारी
नेपालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु भएकाे छ । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा देशभरका ५ लाख १२ हजारी विद्यार्थीहरू सहभागी हुँदैछन् ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षालाई विगतको तुलनामा थप व्यवस्थित, प्रविधिमैत्री र नतिजामुखी बनाउन विशेष रणनीतिक योजना अघि सारेको जनाएको छ ।
बोर्डले सरकारकाे निर्देशन बमाेजिम विद्यार्थीको भविष्य र समयलाई मध्यनजर गर्दै परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षदेखि उत्तरपुस्तिका परीक्षण परीक्षा भएकै केन्द्रमा गर्ने भएकाे छ । जसले गर्दा नतिजा प्रकाशनमा सहजता हुने विश्वास गरिएकाे छ ।
Facebook Comments

