विभिन्न ७ जिल्लामा सवारी आवागमन अवरूद्ध

बाढी पहिरकाेका कारण विभिन्न ७ जिल्लाका पर्ने राजमार्गका विभिन्न सडकखण्डहरूमा सवारी आवागमन अवरूद्ध बनेकाे छ।

बाढी पहिराेका कारण ललितपुर बागमती गाउँपािलका ३ टाकुर्चेमा कान्तिलाेकपथ, रसुवा जिल्लाका मुख्य राजमार्ग, मनाङ जिल्ला जाने बेशीसहर खाङसार सडकखण्ड, म्याग्दीमा बेनी जाेमसाेम सडकखण्ड, नवलपरासी पूर्वमा कालीगण्डकी करिडाेर, हुम्लाका कर्णाली करिडाेर र सिमकाेट हिल्सा सडकखण्डमा बाढी पहिराेले सवारी सञ्चालनमा अवरूद्ध बनेकाे छ ।

नवलपरासी पूर्वस्थित कालीगण्डकी करिडोरका बुलिङटार र बौद्धिकालीका विभिन्न स्थानमा पहिरो खसे पनि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। यद्यपि ठूला सवारी साधन भने साे मार्गमा चलाउन दिइएकाे छैन ।

म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरी र अन्नपूर्ण गाउँपालिका-३ सुकेबगरमा पहिरो गएकाले बेनी-जोमसोम सडक खण्ड ठप्प भएको हाे ।

कर्णाली प्रदेशकाे हुम्लामा खार्पुनाथ, सर्केगार्ड, नाम्खा र सिमकोट गाउँपालिकाका विभिन्न स्थानमा पहिरो जाँदा ती क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हाे ।

Facebook Comments