काभ्रेकाे रोशी गाउँपालिकामा नेकपाकाे ५ सय ६५ सदस्यीय निर्वाचन परिचालन समिति गठन

नेपाली कम्युनिष्ट पार्टी काभ्रे जिल्ला अन्तर्गत रोशी गाउँपालिकामा ५ सय ६५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।

१९ गते सम्पन्न पालिका स्तरीय निर्वाचन परिचालन समितिको विस्तारित बैठकले तिलक बहादुर लामा नबिनको संयोजकत्वमा र जगत तामाङको सह-संयोजकत्वमा परिचालन समिति गठन गरिएको हो ।

विस्तारित बैठकमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य सूर्यमान दोङले व्यवस्थाको रक्षा र राष्ट्रिय स्वाधिनताका लागि नेकपाले जित्नुपर्ने बताउँदै सुशासन कायम गर्न भ्रष्टाचारको विरुद्ध लाग्ने बताउनुभयाे ।

वैठकमा पार्टीको केन्द्रीय सदस्य रत्न ढकाल गंगाबहादुर तामाङ, यशु लामा पासाङ डोल्मा लामा लगायत प्रदेश कमिटी सदस्यहरु, जिल्ला सदस्यहरु सहभागी थिए ।

बैठकले फुर्साङ लामाको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ भने नर बहादुर वाइबाको नेतृत्वमा युवा परिचालन बिभाग समेत गठन गरेको छ ।

बैठकमा प्रभावकारी ढंगले निर्वाचन अभियान सञ्चालन गर्ने र फागुण ८ गते कटुन्जेमा भब्य र विशाल जनसभा गर्ने निर्णय गरिएको संयोजक लामाले जानकारी दिनुभयाे ।

Facebook Comments