वर्षा, बाढी एवं पहिराेले १५ जिल्लाका राजमार्ग यातायात सेवा प्रभावित
अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न १५ जिल्लाका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । कतिपय राजमार्गमा एकतर्फी रूपमा यातायात सेवा सन्चालनमा रहेपनि अधिकांशमा भने पूर्ण अवराेध रहेकाे प्रहरीले जनाएकाे छ ।
नेपाल प्रहरीले उपत्यकासहित कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा बन्द रहेकाे विवरण सार्वजनिक गरेकाे छ ।
प्रहरीले जाेखिमपूर्ण राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन, वैकल्पिक मार्ग भएमा साेकाे प्रयाेग गर्न समेत अनुराेध गर्ने गरेकाे छ ।


Facebook Comments

