पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान कै आसपास रहेको छ।

हाल मौसमको अवस्थामा देशभर साधारणतया बादल लागेको र कर्णाली प्रदेशको सुर्खेत, दैलेख आसपासका केही स्थानमा मध्यम सम्मको वर्षा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको महाशाखाले जनाएकाे छ।

विहीबार देशभर साधारणतया बादल लाग्नेछ । महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे उल्लेख छ ।

महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा तथा कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थान, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चि प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।

महाशाखाले लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको जनाएकाे छ । त्यस्तै बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले उल्जलेख गरेकाे छ ।  

रातकाे समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भू-भागको थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

देशका पहाडी भू-भागका केही स्थान, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चि प्रदेशका तराई भू-भागका थोरै स्थानमा तथा मधेश प्रदेश र कोशी प्रदेशको तराई भू-भागका एक-दुई  स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले जारी गरेकाे बुलेटिनमा उल्लेख छ ।

महाशखाका अनुसार  कोशी र बागमती प्रदेशको हिमाली तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

Facebook Comments