भाेटेकाेशी बाढीः १ हजार २९० शब फेला, ४ हजार ७९८ बेपत्ता

गत भाद्र १० गतेकाे भाेटेकाेशी बाढीमा परेर १ हजार २९० जनाकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ । हाल स्वदेशी तथा विदेशी गरी ४ हजार ७९८ जना बेपत्ता रहेकाे पनि प्रहरीले जनाएकाे छ ।

फेला परेका मध्ये पहिचान हुन नसकेका ९२६ शवकाे जमिनमुनी गाडेर व्यवस्थापन गरिएकाे छ । प्रहरीका अनुसार ८ हजार १९७ जनाकाे उद्धार गरिएकाे छ । हाल हाेल्डिङ सेन्टरमा ३ हजार ६३१ जना रहेका छन् ।

विभिन्न जलविद्युत आयाेजनाहरूमा फसेका व्यक्तिहरूकाे उद्धारका लागि प्रयास भइरहेकाे छ ।

खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएको उद्धारमा संलग्न नेपाली सेनालाई उदृत गर्दै सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले जानकारी दिनुभएकाे छ ।

Facebook Comments