त्रिसुली थ्रि ए बाट एक जनाकाे जीवितै उद्धार

त्रिसुली थ्रि ए बाट एक जनाकाे जीवितै उद्धार गरिएकाे छ । मानिसको आवाज सुनिएपछि यतिबेला नेपाली सेनाको मेडिकल टोली तयारी अवस्थामा रहेको छ । हेलिकोप्टर, ग्राउन्ड एम्बुलेन्स तथा अस्पतालहरूलाई समेत तयारी अवस्थामा राखिएको छ ।

रास्वपा सांसद श्रीराम न्यौपानले सामाजिक सञ्जालमा सुरुङभित्रबाट एक जना सञ्जय साहको जीवित उद्धार गरिएको जानकारी दिनुभएकाे छ ।

सुरूङमा अरू पनि रहेकाे जानकारी प्राप्त भएकाे पनि उहाँले उल्लेख गर्नुभएकाे छ ।

Facebook Comments