क्रमभंग गरेकाे भन्दै पार्टी एकता कायम गर्न गगनई प्रचण्डकाे सुझाव

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई आन्तरिक एकता सुदृढ गर्दै अघि बढ्न आग्रह गर्नुभएकाे छ। उहाँले गगन थापाले पछिल्लाे समय कांग्रेसकाे राजनीतिक इतिहासमा क्रमभंग गरेकाे भन्दै कांग्रेसकाे १५औँ महाधिवेशन सफलताकाे शुभकामना व्यक्त गर्नुभयाे ।

संयोजक प्रचण्डले सरकारका काम कार्वाहीप्रति असन्तुष्टी व्यक्त गर्दै रास्वपा सभापति रवि लामिछानेलाई पनि निरन्तरतामा क्रमभंगता गर्न सुझाव दिनुभयाे ।

कार्यक्रममा संयोजक प्रचण्डले भन्नुभयाे, ‘गगन जी, तपाईंको काँधमा पार्टीको ठुलो जिम्मेवारी छ। पार्टीभित्रका असन्तुष्ट पक्ष र नेताहरूलाई समेत समेटेर सबैलाई मिलाई अगाडि बढ्नुहोस्, यसले मात्र पार्टीलाई थप बलियो बनाउँछ।’

Facebook Comments