माैसमः तराई अधिकांश स्थानहरूमा हुस्सु, काठमाडाैं उपत्यकामा चिसाे बढ्याे

देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ ।

महाशाखाले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।

त्यस्तै महाशाखाले आज राती तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहने उल्लेख गरेकाे छ ।

महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

त्यस्तै गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

चिसाे बढ्याे

काठमाडौं उपत्यकामा जाडो बढेको छ । तापक्रम ३ डिग्री सेल्सियससम्म झरेकाले उपत्यकामा जाडाे बढेको हो । याे यस वर्षकै कम तापक्रम मापन भएकाे जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।

Facebook Comments