निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा ६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको जनाएको छ । 

निर्वाचन आयोगले बिहीबार साँझ गरेको पत्रकार सम्मेलनमा कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो जानकारी दिनुभएकाे हाे ।

देशैभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएकाे आयोगले जनाएकाे छ ।

‘६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको छ’, भण्डारीेले भन्नुभयाे, ‘मतदान प्रक्रिया शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ ।’

गत भदाै २३ र २४ गते भएकाे जेनजी आन्दाेलनपछि फागुन २१ गतेलाइ निर्वाचन घाेषणा गरिएकाे थियाे भने तत्कालीन सरकार अपदस्थ हुनुका साथै संसद विघटन गरिएकाे थियाे ।

Facebook Comments