माैसमः सबै प्रदेशका केही भू-भागमा मध्यमसम्म वर्षा हुने संभावना
यतिबेला मनसुन बाहिरिने क्रममा रहेकाे छ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार दिउँसाे कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लाग्ने संभावना छ ।
त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साथै देशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागको थोरै स्थानमा मध्यमसम्मको वर्षा एवं हिमपातको सम्भावना रहेकाे जनाएकाे छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपात र पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ भने मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ ।
साेमबार रातकाे समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागमा साथै कर्णाली प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्ने महाशाखाले उल्लेख गरेकाे छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा एवं हिमपातको सम्भावना छ ।
त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश पहाडी भू-भागको थोरै स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना छ भने मधेश प्रदेश, कोशी, बागमती, गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा मध्यम सम्मको वर्षाको सम्भावना रहेकाे छ ।

