र्यटक तथा यात्रुहरूलाई दुःख दिने ५ जना प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय कास्कीले पर्यटक तथा यात्रुहरूलाई दुःख दिने ५ जनालाई नियन्त्रणमा लिएकाे छ । जिप्रका तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका अन्तर्गत पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक एरियामा ‘स्वीप अप्रेसन’ गरी उनीहरूलाई नियन्त्रणमा लिएकाे हाे ।

चेकजाँचका क्रममा सर्वसाधरण पर्यटकहरुलाई सस्तोमा होटल मिलाईदिन्छु भनी झोला तान्ने, करकाप गर्ने तथा दु:ख हैरानी दिने गरेका पाइएकाले निज व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments