कांग्रेसको विधान संशोधन प्रस्ताव पारित, पदाधिकारी संख्या बढाइयाे

नेपाली कांग्रेसको विधान संशोधन प्रस्ताव बन्द सत्रबाट पारित भएको छ। महाधिवेशन प्रतिनिधि प्रताप पौडेलले उक्त प्रस्ताव पारित भएकाे जानकारी दिए ।

पारित भएको प्रस्ताव अनुसार एक सभापति, एक वरिष्ठ उपसभापति,चार उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री हुनेछन् । कोषाध्यक्ष केन्द्रीय सदस्य मध्येबाट एक जना चयन गर्ने प्रावधान छ ।

केन्द्रीय कार्यसमिति २३२ सदस्य हुनेछ। जसमा ६१ सदस्य मनोनीत हुनेछन् । उपसभापतिमा एक महिला, एक समावेशी अनिवार्य छ। महामन्त्रीमा एक महिला अनिवार्य छ। सह महामन्त्रीमा ११ जना निर्वाचित भएर आउनेछन् भने ४ जना मनोनीत हुनेछन् ।

कोषाध्यक्ष केन्द्रीय सदस्य मध्येबाट एक जना हुनेछन् । बन्दसत्रमा सभापति गगन थापाले राजनीतिक प्रस्ताव पेश गर्नुभएकाे छ ।

Facebook Comments