प्रतिनिधिसभा निर्वाचनः रास्वपामाथि नागरिकले राखे भराेसा
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अभुतपूर्व नतिजा निकाल्ने देखिएकाे छ ।
निर्वाचनमा देखिएकाे प्रारम्भिक रूझानले रास्वपा एक्लैले बहुमत ल्याउने अनुमान गरिएकाे छ । मतगणना जारी रहेका अधिकांश स्थानमा रास्वपाका उम्मेदवारहरू फराकिलाे मतान्तर सहित अगाडि रहेका छन् ।
प्रत्यक्षतर्फ मात्र नभइ समानुपातिक तर्फ पनि रास्वपाकाे फराकिलाे मतान्तर देखिएकाे छ । कतिपय स्थानमा त प्रतिस्पर्धी सबै उम्मेदवारकाे जमानत समेत जफत भएकाे छ ।
६ स्थानकाे मतपरिणाम घाेषणा हुँदा रास्वपा तीन स्थानमा, कांग्रेस २ स्थान र नेकपा १ स्थानमा विजयी भएका छन् । मतगणना भइरहेका १४८ स्थान मध्ये १०८ स्थानमा रास्वपा, १२ स्थानमा कांग्रेस, ११ स्थानमा नेकपा एमाले, ७ स्थानमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले अग्रता राखेका छन् । त्यस्तै श्रम संस्कृति पार्टीले पनि ६ स्थानमा अग्रता लिएकाे छ । राप्रपा, प्रलाेपा, उनेपा, स्वतन्त्र उम्मेदवारकाे १/१ स्थानमा अग्रता छ । कतिपय स्थानमा भने भाैगाेलिक विकटताका कारण मतपत्र संकलन हुन बाँकी रहेकाे निर्वाचन आयाेगले जनाएकाे छ ।

