नेकपा संयाेजक प्रचण्ड प्रतिनिधिसभामा विजयी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित हुनुभएकाे छ ।

पूर्वप्रधानमन्त्री प्रचण्ड १० हजार २४० मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गर्नुभयाे, त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गर्नुभयाे ।

यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी उम्मेदवारले २०३, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का उम्मेदवारले १९१ मत पाएका छन् ।

Facebook Comments