१३५ निर्वाचन क्षेत्रकाे मतगणना जारी, २८ स्थानकाे नतिजा सार्वजनिक
गत फागुन २१ गते विहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनकाे मतगणना कार्य जारी रहेकाे छ । २८ स्थानकाे भने मतगणना सम्पन्न भइ नतिजा सार्पजनिक भएकाे छ । जसमा रास्वपा २१, नेपाली कांग्रेस ५, नेकपा २, नेकपा एमाले १ र स्वतन्त्र उम्मेवदारले १ स्थानमा विजयी बनेका छन् ।
निर्वाचन आयाेगका अनुसार देशभरका १३५ क्षेत्रकाे मतगणना जारी छ । ३ निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छैन ।
प्रत्यक्षतर्फ मतगणना सकिएको ठाउँमा समानूपातिकको गणना चलिरहेको छ ।
ताजा नतिजा अनुसार निम्नअनुसार छ –
झापा– ५ मा रास्वपा उम्मेदवार बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्दा करिब ४ गुणा बढी मत पाएका छन् । शाहले ३२ हजार ३३६ मत पाएका छन् भने ओलीले ८ हजार ५१८ मत पाएका छन् ।
सर्लाही– ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा प्रतिस्पर्धी अमरेशकुमार सिंहभन्दा ३ हजार मतले पछि छन् । सिंहले ९ हजार ३७ मत पाउँदा थापाले ५ हजार ८५८ मत पाएका छन् ।
काठमाडौंका सबै १० वटा निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवाररू निर्वाचित हुने निश्चित भएको छ । ९ वटा क्षेत्रमा अन्तिम नतिजा सार्वजनिक हुँदा काठमाडौं-२ मा मात्रै नतिजा आउन बाँकी छ ।
अहिलेसम्म एमाले उम्मेदवार १ ठाउँमा निर्वाचित भएका छन् । बाँके–२ बाट इस्तेहाक राई निर्वाचित भएका हुन् ।
कांग्रेसका ५ उम्मेदवार निर्वाचित भइसकेका छन् ।
समानूपातिकमा के छ ?
समानुपातिक तर्फकाे मतगणनामा समेत रास्वपा नै अग्रस्थानमा रहेकाे छ । रास्वपा आफ्नो निकटतम प्रतिस्पर्धी कांग्रेसभन्दा तेब्बर मतले अघि छ । देशभरमा कांग्रेसले ७५ सय मत पाउदा रास्वपाले करिब साढे २२ हजार मत पाएको छ ।
एमालेले रास्वपाले पाएको मतको करिब १० प्रतिशत मतमात्रै पाएको छ । एमालेभन्दा राप्रपाले बढी मत पाएको छ ।
प्रत्यक्षतर्फ मतगणना टुंगिएका क्षेत्रमा समानुपातिकमा मतगणना चलिरहेको हो ।
हालसम्म विजयी भएका निर्वाचन क्षेत्र र उम्मेदवारहरू
रास्वपाबाट विजयी हुने उम्मेदवारहरु
रञ्जु न्यौपाने काठमाडौं क्षेत्र नं. १
राजुनाथ पाण्डे काठमाडौं क्षेत्र नं. ३
गणेश पराजुली काठमाडौं क्षेत्र नं. ७
शिशिर खनाल काठमाडौं क्षेत्र नं. ६
विराजभक्त श्रेष्ठ काठमाडौं क्षेत्र नं. ८
कन्हैया बनिया रुपन्देही क्षेत्र नं. ४
धनञ्जय रेग्मी स्याङ्जा क्षेत्र नं. १
पुकार बम काठमाडौं क्षेत्र नं. ४
खगेन्द्र सुनार बाँके क्षेत्र नं. २
सस्मित पोखरेल काठमाडौं क्षेत्र नं. ५
उत्तमप्रसाद पौडेल कास्की क्षेत्र नं. २
सुरेशकुमार चौधरी बाँके क्षेत्र नं. १
प्रमोदकुमार महतो महोत्तरी क्षेत्र नं. १
डोलप्रसाद अर्याल काठमाडौं क्षेत्र नं. ९
प्रदिप विष्ट काठमाडौं क्षेत्र नं. १०
सन्तोष राजवंशी मोरङ क्षेत्र नं. ४
रवि लामिछाने चितवन क्षेत्र नं. २
मनिष झा धनुष क्षेत्र नं. ३
रुविना आचार्य मोरङ क्षेत्र नं. ६
विना गुरुङ कास्की क्षेत्र नं. ३
सुनिल केसी काठमाडौं क्षेत्र नं. २
नेपाली कम्युनिष्ट पार्टीबाट विजयी उम्मेदवारहरु
पुष्पकमल दाहाल (प्रचण्ड) रुकुम पूर्व
महेन्द्रबहादुर शाही कालीकोट
नेकपा एमालेबाट विजयी उम्मेदवार
महोम्मद इश्तियाक राई
स्वतन्त्र उम्मेदवार
महावीर पुन म्याग्दी

