साेविता गाैतम सर्वाधिक मतसहित विजयी
चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम सर्वाधिक मतसहित विजयी हुनुभएकाे छ ।

गौतमले अहिलेसम्मकै सर्वाधिक मतको जित निकाल्दा कांग्रेस–एमालेका उम्मेदवारको जमानत जफत भएको छ ।

गौतमले ५९ हजार २ सय ७७ मत ल्याएर जित हाँसिल गर्नुभयाे । जुन हालसम्म मतगणना सम्पन्न भएका स्थानहरू मध्येमा सर्वाधिक मतको जित हो ।
गौतमकी निकतम प्रतिप्रस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याउनुभयाे ।
गौतम र दाहाल बीचको मतान्तर ३८ हजार ६ सय ६२ छ । दाहालले यसअघि नै जनताकाे मन जितेपनि मत जित्न नसकेकाे भन्दै विजयी उम्मेदवार गाैतमलाई बधाइ दिनुभएकाे छ ।
Facebook Comments

