लागू औषध ओसार पसारमा संलग्न

प्रहरीले गत शुक्रबार पाेखरा महानगरपालिका वडा नं. ९ पृथ्बीचोकबाट २ जनालाई लागू औषध ओसार पसारमा संलग्न भएकाे आराेपमा नियन्त्रणमा लिएकाे छ ।

लागू औषध ओसार पसार भई रहेको भन्ने सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले UP 56 BC 5548 नम्बरको भारतीय कारलाई नियन्त्रणमा लिई चेकजाँच गरेकाे थियाे ।

साे चेकजाँचका क्रममा उक्त कारको ढोकाको भित्रीभागमा लुकाई छिपाई राखेको लागू औषध डाईजापाम ५०० एम्पुल, फेनेरागन ५०० एम्पुल र नुरफिन ५०० एम्पुल गरी जम्मा १५०० एम्पुल लागू औषध बरामद भएको प्रहरीले जनाएकाे छ ।

साे कारमा सवार देश भारत उत्तर प्रदेश महाराजगंज पडारी बस्ने वर्ष २४ को आलम परवेज र ऐ.ऐ. बस्ने वर्ष २१ को हुसेन अन्सारीलाई २ थान मोवाईल सहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेकाे पनि प्रहरीले जनाएक्ाे छ ।

Facebook Comments