भोटेकोशी बाढी दिवंगतहरूकाे सम्झना राष्ट्रिय शाेक मनाइँदै
रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा परेर दिवंगत भएका नागरिकहरूकाे सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ ।
गत भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज भदाै २२ गते देशैभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।

आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाएर दिवंगतहरूप्रति सम्मान प्रकट गरिनेछ ।
Facebook Comments

