एनपीएल : काठमाडौं र लुम्बिनी भिड्दै, शुक्रबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोज विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज शनिबार काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

यसअघि शुक्रबार भएका खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज विजयी भएका छन्।

पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गर्‍यो। सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन मात्र बनाउन सक्यो।

त्यस्तै, दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले हरायो। चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमा अलआउट भयो।

Facebook Comments