प्रधानमन्त्री वालेन्द्र शाहले विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्नुहुँदै

प्रधानमन्त्री वालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्नुहुने भएकाे छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार शाह प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक विदेशी राजदूतहरूसँग सामूहिक भेटघाट गर्न लाग्नुभएकाे हाे ।

परराष्ट्र मन्त्रालयकाे संयाेजनमा हुन लागेकाे भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुने बताइएकाे छ । विगतकाे तुलनामा याे नयाँ अभ्यास हुनेछ ।

कतिपय राजदुत प्रधानमन्त्रीकाे निवासमा एक्लाएक्लै भेटघाटका लागि विना प्राेटाेकल पुग्ने गरेका थिए ।

Facebook Comments