बाढी पहिराेका कारण रसुवा र म्याग्दीका सडक मार्गमा अवराेध कायमै
बाढी पहिराेका कारण रसुवा र म्याग्दी जिल्लाका सडक मार्गका विभिन्न खण्डमा सवारी आवागमन अवरूद्ध भएकाे छ ।
रसुवा जिल्लामा गत भाद्र १० गतेकाे बाढीका कारण सडक मार्ग र पुलमा क्षति पुगेकाले सवारी आवागमन अवरूद्ध बनेकाे हाे । म्याग्दीमा असाेज दाेस्राे साता परेकाे अविरल वर्षा र बाढी पहिराेका कारण सडक अवरूद्ध बनेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार धादिङकाे धुनीवेशी ९ खत्रीपाैवामा पहिराेका कारण त्रिभुवन राजपथ एकतर्फी मात्र सञ्चालनमा रहेकाे छ । त्यस्तै नवलपरासी जिल्लाकाे बाैदीकाली ३, जन्तीमा पहिराेका कारण कालीगण्डकी करिडाेरमा एकतर्फी रूपमा हलुका सवारी साधन मात्र चलेका छन् ।
लमजुङकाे बेसीशहर हुँदै मनाङकाे खाङसारसम्म जाने सडकमार्गमा पनि एकतर्फी सवारी आवागमन भइरहेकाे छ भने कपिलबस्तुकाे शिवराज न.पा. १, चाेरखाेला र बनकसबासमा पनि पहिराेका कारण पुर्वपश्चिम राजमार्गमा सवारी साधनहरू एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेका छन्।


