चट्याङ सहित वर्षा गराउने प्रणाली पूर्वी भागमा सक्रिय

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले अहिले कोशी, मधेश र बागमती प्रदेश लगायत देशका बाँकी पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाले चट्याङ सहित वर्षा गराउने यो प्रणाली कोशी प्रदेशका इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ लगायतका पूर्वी भू-भागतर्फ सर्दै गएकोले सतर्क रहन अनुराेध समेत गरेकाे छ ।

विहीबार दिउँसाे कोशी प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्ने महाशाखले जनाएकाे छ ।

साथै कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाले विहीबार राती कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहने जनाएकाे छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशको  पहाडी र हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।

Facebook Comments