अमेरिका र इरानबीचको समझदारी अन्त्य भएकाे ट्रम्पकाे घाेषणा
अमेरिका र इरानबीच भएको १४ बुँदे समझदारी अन्त भएकाे अमेरिकाले घाेषणा गरेकाे छ । समझदारी पत्रमा ६० दिनको युद्धविराम, त्यस अवधिमा वार्तालाई निरन्तरता दिने, होर्मुज जलडमरूमध्यबाट जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने तथा अमेरिकाले इरानमाथिका प्रतिबन्ध हटाउने विषय समावेश थिए ।
वार्ताका लागि तय गरिएको ६० दिने अवधि अझै समाप्त भएको छैन । तर अमेरिकी राष्टपति डाेनाल्ड ट्रम्पले थप वार्तालाई ‘समयको बर्बादी’ भएको भन्दै समझदारी अन्त्य भएकाे टिप्पणी गर्नुभएकाे छ ।
जुन २६ मा होर्मुज जलडमरूमध्यमा इरानी प्रक्षेप्यास्त्रले एउटा मालवाहक जहाजमा प्रहार गरेपछि अमेरिकाले इरानमाथि हवाई आक्रमण गरेको थियो ।
त्यसपछि जुन २७ मा एउटा तेल ट्यांकरमाथिको आक्रमणपछि अमेरिकाले पुनः हवाई कारबाही गरेको थियो । यद्यपि त्यसै महिनाको अन्त्यतिर दुवै पक्ष तनाव कम गर्न सहमत भएका थिए ।
अमेरिकाले इरानमा हवाइ हमला जारी राखेकाे छ भने इरानले खाडी मुलुकमा रहेका अमेरिकी बेसक्याम्पहरूमा निसाना बनाएकाे छ ।

