सात जिल्लामा पर्ने राजमार्गका विभिन्न सडकखण्ड अवरूद्ध सवारी

अविरल वर्षाका कारण बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग अन्तर्गत कतिपय जिल्लामा पर्ने सडक खण्डमा सवारी आवागमन ठप्प रहेकाे छ ।

नेपाल प्रहरीले मंगलबार विहान सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकासहित बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकखण्ड पूर्ण तथा आंशिक रूपमा प्रभावित बनेका छन् ।

काभ्रे, रसुवा, नुवाकाेट, धादिङ, चितवन, राेल्पा, मुगु, सुर्खेत र दैलेख जिल्लामा पर्ने विभिन्न राजमार्गका सडक खण्डमा सवारी सन्चालनमा पूर्ण तथा आंशिक अवराेध पुगेकेा प्रहरीले जनाएकाे छ ।

Facebook Comments