प्रतिनिधिसभाको बैठक बस्दै, विभिन्न विधेयक, प्रस्ताव तथा समितिका प्रतिवेदनहरू पेस गरिने

सङ्घीय संसद्अन्तर्गत आज (बुधबार)  प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा समितिका प्रतिवेदनहरू पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

मन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्नुहुने सम्भावित कार्यसूची समेत रहेका संघीय संसद सचिवालयले जनाएकाे छ ।

Facebook Comments