कांग्रेस महाधिवेशनः हिजाे स्थगित भएकाे मतदान आज

 नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान अहिले ७ बजेदेखि हुँदैछ । मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् । मतदान बिहान ७ बजेदेखि शुरू हुने भए पनि मतदाता भने बिहानैदेखि लाइनमा लागेका हुन् । 

दशैं नजिएकाे तथा धेरै दिन लम्बिएकाले पनि टाढा जान पर्ने महाधिवेशन प्रतिनिधिहरू मतदान गरेर घर फर्कने तयारीमा रहेकाले पनि लाइनमा बसेका हुन् । माैसम लगायत प्राविधिक कारणले विहीबार तय भएकाे मतदान स्थगित गरिएकाे थियाे ।

 निर्वाचन समितिका अनुसार तयारी गर्दा दिउँसाे सम्म लागेकाले रातकाे समयमा मतदान गराउन उपयुक्त नहुने ठानी शुक्रबारका लागि मतदानकाे समय सारिएकाे हाे ।

निर्वाचन समितिका अनुसार बिहान ७ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ भने मतदान सकिए लगत्तै मनगणना गरिनेछ । कांग्रेसमा महाधिवेशन प्रतिनिधि ७ हजार ३ सय १७ रहेका छन् ।

निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ।

मतदानका लागि राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ मा बागमती प्रदेश, खुलामञ्च, मतदान केन्द्र ‘ख’मा कोशी प्रदेश तथा तराई–मधेस समूह, हिमाल हलमा गण्डकी प्रदेश, तराई–मधेस हलमा मधेश प्रदेश र पहाड हलमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिहरूले मतदान गर्ने गरी केन्द्र ताेकिएकाे हाे ।

Facebook Comments