कुनै पनि प्यानल वा गुट छैन, आन्तरिक लोकतान्त्रिक प्रक्रिया अनुसार निर्वाचनः गगन थापा

नेपाली कांग्रेसका सभापति पदका प्रत्यासी गगनकुमार थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि प्यानल वा गुट नरहेकाे भन्दै मतदान आन्तरिक लोकतान्त्रिक प्रक्रिया भएकाे बताउनुभएकाे छ ।

उहाँले हिजोका लागि तय भएको निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो भएपनि शुक्रबार केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया सुरु भएको भन्दै संयमित भएर मतदानमा सरिक हुन आग्रह गर्नुभएकाे छ ।

‘यस महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासमा सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले सहभागी हुन आग्रह गर्दछु।’ थापाले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ ।

साथै उहाँले विभिन्न उम्मेदवारहरूको सूचीलाई मेरो नामसँग जोडेर प्रचारप्रसार भइरहेको कुरा सुन्न र देख्न आएकोमा त्यसमा सत्यता नरहेकाे स्पष्ट पार्नुभएकाे छ । थापाले पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रियामा यसपटक कुनै पनि प्यानल वा गुट नरहेकाे उल्लेख गर्नुभएकाे छ ।

सभापति थापाले मेरो नाम जोडेर आएको लिष्ट भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन र कुनै पनि अफवाहमा नलागी आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न आग्रह गर्नुभउकाे छ ।

Facebook Comments