पोखरामा यामाहाको दसैँ, तिहार र छठलक्षित ब्लु फेस्ट सुरु
यामाहाले नेपालीका महान् चाड दसैँ, तिहार, नेपाल संवत् र छठलाई लक्षित गर्दै पोखरामा ‘ब्लु फेस्ट’ सुरु गरेको छ। पोखराका लागि यामाहाको आधिकारिक वितरक भिजी डब्ल्यू इन्टरप्राइजेज प्रालिले शुक्रबारदेखि पोखरा सभागृह परिसरमा ब्लु फेस्ट सुरु गरेको हो ।
असोज २३ देखि ३० गतेसम्म सञ्चालन हुने मेलामा ग्राहकले पुरानो मोटरसाइकल तथा स्कुटर साटेर नयाँ किन्न सक्नेछन् ।

ग्राहकको चाहना र मागलाई ध्यानमा राखेर एक्सचेन्ज अफर ल्याइएको भिजी डब्ल्यू इन्टरप्राइजेजका महाप्रबन्धक सरोज श्रेष्ठले जानकारी दिनुभयाे । उहाँका अनुसार नयाँ मोटरसाइकल खरिद गर्ने ग्राहकले डिजिटल कुपनमार्फत न्यूनतम ६ हजारदेखि एक लाख रुपैयाँसम्मका उपहार जित्न सक्नेछन् । मोटरसाइकल खरिद गर्नुअघि नै डिजिटल कुपनमार्फत आईफोन जित्ने अवसरसमेत रहेको छ ।
मेलामा जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटर साट्न सकिनेछ। पुरानो सवारीसाधन साट्दा न्यूनतम २५ हजार रुपैयाँ मूल्याङ्कन सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ। यामाहाकै पुरानो मोटरसाइकल वा स्कुटर साट्दा न्यूनतम ५० हजार रुपैयाँ मूल्याङ्कन गरिने श्रेष्ठले जानकारी दिनुभयाे । ब्लु फेस्टमा ग्राहकलाई हेलमेट, लेगगार्ड र बाइक कभरजस्ता सामग्री निःशुल्क उपलब्ध गराइनेछ।
कम्पनीले चाडपर्वको अवसरमा विशेष फाइनान्स सुविधा पनि ल्याएको छ। ५० प्रतिशत डाउन पेमेन्टमा ८.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध हुनेछ। अन्य अवस्थामा ९.९९ प्रतिशत ब्याजदरमा फाइनान्स गर्न सकिने कम्पनीले जनाएको छ।
यसैबीच, कम्पनीले यामाहाको एक्सएसआर १५५ सीसी मोटरसाइकलका नयाँ भेरियन्ट सार्वजनिक गरेको छ। ब्ल्याक, ब्लु, सिल्भर र रेड रङमा उपलब्ध मोटरसाइकल पोखरामा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । कार्यक्रममा नायिक प्रेङका कार्की , यामाहाका प्रतिनिधि, एमएडब्लूका रिजनल सेल्स म्यानेजर राम बोगटी र भिजी डब्ल्यू इन्टरप्राइजेजका महाप्रबन्धक सरोज श्रेष्ठले बाइकको सार्वजनिक गरेर मेलाको शुभारम्भ गर्नुभएकाे हाे ।

