पाँच प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ तथा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदुरपसश्चिम प्रदेशका केही स्थानमा तथा कोशी मधेश र कर्णाली प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।
साेमबार देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार दिनकाे समयमा देशको हिमाली भू-भागका केही स्थानमा मेधगर्जन चट्याङ्ग सहितमध्यमसम्मको वर्षा एवं हिमपातको सम्भावना छ।
महाशाखाले देशका पहाडी भू-भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही तथा मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागको थोरै स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भाग साथै लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
साेमबार रातकाे समयमा समेत देशको हिमाली भू-भागका केही स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षा एवं हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
त्यस्तै देशको पहाडी भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षा, मधेश प्रदेश र कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
राती पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको एक-दुई स्थानमा, कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

