चितवनमा सवारी दुर्घटना, पैदलयात्रीकाे मृत्यु

जिल्ला चितवन, खैरहनी नगरपालिका १, शाहीचोकमा यात्रुबहाक बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

सोमबार बिहान खैरहनी नगरपालिका –०१ शाहीचोकस्थित पूर्व–पश्चिम राजमार्गमा महोत्तरीबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०३–००१ ख २७२८ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ३५ वर्षीय पुरुषलाई प्रहरीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि सरकारी अस्पताल भरतपुर पठाएको थियो । अस्पताल पुर्‍याइएपनि निजलाई चिकित्सकले बिहान ३:१५ बजे मृत घोषणा गरेका हुन् ।

मृतकको हालसम्म नाम, थर र वतन खुल्न सकेको छैन् । घटनापछि बस र चालक जिल्ला धादिङ नीलकण्ठ नगरपालिका –१४ बस्ने ४४ वर्षीय जितेन्द्र बहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको जनाएकाे छ ।

Facebook Comments