आठ जिल्लाका राजमार्गहरूमा बाढी पहिराेकाे प्रभाव

अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्गहरू प्रभावित भएका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेकाे विवरण अनुसार  सोमबार बिहान ६:०० बजेसम्मको विवरण अनुसार विभिन्न प्रदेशका प्रमुख सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका हुन् ।

भाेजपुरकाे भाेजपुर नगरपालिकाकाबाे बाेखिममा बाढीका कारण मध्यपहाडी लाेकमार्ग एकतर्फी मात्र सन्चालनमा रहेकाे छ । इलामकाे राजदुवालीमा मेची राजमार्गमा अविरल वर्षाका कारण यातायात सन्चालन हुन नसक्दा झापा ताप्लेजुङ तर्फ सवारी सन्चालनमा समेत असर पुगेकाे छ ।

त्यस्तै काभ्रेमा वि.पी. राजमार्गका बिभिन्न खण्डमा पहिराेका कारण सडक मार्ग पूर्ण अवरूद्ध बनेकाे छ । मकवानपुरमा कान्तिलाेकपथ, सिन्धुपाल्चाेकमा अरनिकाे राजमार्ग, रसुवामा त्रिशुली मैलुङ हुँदै स्याफ्रुबेसी सडकखण्ड, कालीगण्डकी करिडाेर बागलुङकाे जैमिनीमा तथा लमजुङमा मध्यपहाडी राजमार्ग र रूकुम पश्चिममा भेरी करिडाेरमा सवारी सन्चालन अवराेध रहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments