राष्ट्रियसभाको बैठक बस्दै

राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन’ पेस गर्नुहुनेछ ।

यस्तै, प्रधानमन्त्री शाहले नै विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सो प्रस्तावमाथि सभामा छलफल गरी पारित गर्ने कार्यसूचीसमेत रहेको छ ।

Facebook Comments