ग्यासको सहज आपूर्ति व्यवस्था मिलाउँछुः नवनियुक्त उद्याेगमन्त्री
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक साहले पद तथा गाेपनियताकाे सपथ लिनुभएकाे छ । साथै मन्त्री साहले पदभार ग्रहण समेत गर्नुभएकाे छ ।

उहाँले आफ्नो कार्यकालको पहिलो प्राथमिकता आम नागरिकलाई आवश्यक पर्ने ग्यासको सहज आपूर्ति व्यवस्था मिलाउनु रहेकाे बताउनुभएकाे छ ।
बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेका नवनियुक्त मन्त्रीले पत्रकारहरूसँग कुरा गर्दै जनताको आवश्यकतालाई आफूले उच्च प्राथमिकतामा राखेको बताउनुभयाे ।
साहले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि विगतमा भएका कामकारबाही र बाँकी रहेका कार्ययोजनाबारे जानकारी लिने र त्यसैका आधारमा अघि बढ्ने उल्लेख गर्नुभयाे ।
गौरीकुमारी यादवले राजीनामा दिएपछि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित साहलाई मन्त्रिपरिषद्मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका रूपमा नियुक्त गरिएको हो।

