माैसमः सातै प्रदेशका केही स्थानमा हल्का वर्षा एवं उच्च पहाडी र हिमालका केही स्थानमा हिमपातको सम्भावना

२०८२ फागुन २७ गते (बुधबार) जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले तराई तथा उपत्यकाका थोरै स्थानहरूमा तुवाँलो पहाडी भूभागमा बादल लाग्ने अनुमान गरेकाे छ ।

हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसाे कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, बाँकी  भू-भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएकाे छ । त्यस्तै तराई तथा उपत्यकाका थोरै स्थानहरूमा तुवाँलो पनि रहनेछ ।

महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा  मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षा एवं हिमपातको सम्भावना रहेको छ । 

त्यस्तै बुधबार राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको सहित  कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ, बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । महाशखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का वर्षा एवं हिमपातको सम्भावना रहेको छ।

Facebook Comments