कोलम्बियामा शक्तिशाली भूकम्पका कारण १३२ जनाको मृत्यु
कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण १३२ जनाको ज्यान गएको छ । भूकम्पमा ५७० भन्दा बढी मानिसहरू घाइते भएको सिएनएनले उल्लेख गरेकाे छ ।
शक्तिशाली भुकम्पका कारण ठूलाे जनधनकाे क्षति भएकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
भूकम्पमा ५७० भन्दा बढी मानिसहरू घाइते भएको बताइएकाे छ । समाचार अनुसार विगत केही वर्षयताकै सबैभन्दा विनाशकारी मानिएको यो भूकम्पपछि देशमा आपत्कालीन अवस्था घोषणा गरिएको छ।
भग्नावशेषमा अझै धेरै मानिसहरू फसेको आशंका गरिएको छ । जसका कारण घाइते र मृतकको संख्या थप बढ्न सक्ने अनुमान सरकारी अधिकारीहरूले गरेका छन् ।
कोलम्बियाको भूगर्भ सेवाका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ७:३४ बजे प्रान्तको १०३ किलोमिटर (६४ माइल) गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको थियो । यसको धक्का पश्चिमी कोलम्बियाभर सयौँ माइलसम्म महसुस गरिएको थियो।

देशका पाँच वटा प्रमुख सहरहरूलाई ‘रेड अलर्ट’मा राखिएको छ भने ८६ वटा भवनहरू पूर्ण रूपमा भत्किएका छन् ।
भूकम्पको केन्द्रविन्दु चोको प्रान्तको सान जोस डेल पाल्मार गाउँ नजिकै थियो । यद्यपि, त्यहाँ आवतजावत गर्ने सडकहरू क्षतिग्रस्त भए पनि सौभाग्यवश कुनै पनि मानवीय क्षति नभएको स्थानीय मेयर लियोन फाबियो मारिन मोन्काडाले उदृत गर्दै सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

