बाढी र पहिराेले गर्दा विभिन्न जिल्लाका मुख्य राजमार्ग सवारी अवरूद्ध
अविरल वर्षा, बाढी र पहिराेका कारण विभिन्न ७ जिल्लामा पर्ने मुख्य राजमार्गका विभिन्न खण्डहरूमा सवारी आवागमन प्रभावित भनेकाे छ ।
नेपाल प्रहरीले दिएकाे जानकारी अनुसार कतिपय स्थानमा सवारी सन्चालन पूर्ण रूपमा अवरूद्ध छ भने कतिपय सडक खण्डमा एकतर्फी रूपमा सवारी सन्चालन भइरहेकाे छ ।
प्रहरीका अनुसार कतिपय सडकखण्डहरूमा जाेखिमकाे अवस्था हेरेर रातकाे समयमा सवारी सन्चालनमा राेक लगाउने गरिएकाे छ ।

Facebook Comments

