चितवनमा विद्युतीय कारमा आगलागी, एक जनाको जलेर मृत्यु
भरतपुर महानगरपालिका–९ वसन्तचोकमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको प्रहरीले जनाएकाे छ।
शुक्रबार बिहान करिब ६ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कार बसन्तचाेकमा पुगेपछि अचानक आगलागी भएको हो।

आगलागीको सूचना प्राप्त हुनासाथ घटनास्थलमा पुगेको प्रहरी टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।
कारभित्र नाम, थर र ठेगाना नखुलेको एक जना व्यक्ति जलेर मृत अवस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ । कार पनि पूर्ण रूपमा क्षतिग्रस्त बनेकाे छ ।
Facebook Comments

