बुढीगण्डकीमा बाढी, तल्लाे तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
बुढीगण्डकी नदीमा ठुलो बाढी आएको छ । साे बाढीले गोरखाको सल्लेरी बजार, जगत बजारमा क्षति पुगेकाे स्थानीयले बताएका छन् । स्थानीयले सामाजिक सञ्जालमा भिडियाे बनाएर पाेष्ट गरेका छन् । भिडियाेमा सवारी साधन एवं घर टहरा बगाएको देख्न सकिन्छ ।
जिल्ला प्रशासन कार्यालय गाेरखाले तल्लाे तटीय क्षेत्रहरूमा सतर्क हुन र उच्च स्थानतर्फ जान स्थानीयहरूलाई अनुराेध गरेकाे छ । बाढीले सिर्दिबास, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत, आरुघाटसम्म क्षति पुर्याउन सक्ने जोखिम छ ।
चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा गएराति सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको आशंका गरिएको छ ।
नदीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार तथा आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी एवं पर्यटकहरूवीच भागाभाग चलेकाे थियाे । विहान साढे ४ बजेतिर बुढीगण्डकीका सहायक खाेला उग्यलुङ र स्यारखाेलामा पहिराेले खाेला थुनिएकाे आशंका गरिएको छ ।
लाई तत्काल सुरक्षित तथा उच्च स्थानमा जान आग्रह गरिएको थियो ।
चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले आइतबार बिहान सबेरै नदीमा ठुलो आवाजसहित पानीको बहाव बढेको बताउनुभयाे ।
बाढी पूर्वानुमान महाशाखाले बुढीगण्डकी नदीको चुमनुम्ब्री गा. पा.- ६ बाट ठूलो बाढी आइरहेकोले बाढी पास नहुंदा सम्म त्रिशूली दोभान सम्म नदी छेउछाउ नजान र उच्च स्थानमा अनुराेध गरेकाे छ ।



