प्रतिनिधिसभा निर्वाचनः शीर्ष नेतृत्व चुनाव प्रचारमा व्यस्त

आगामी फागुन २१ गतेका लागि तय भएकाे निर्वाचन नजिकिंदै गर्दा दलहरूले प्रचार प्रसारमा तीव्रता दिएका छन् । यतिबेला दलहरू घरदैलाेमा कार्यक्रममा व्यस्त बनिरहेका छन् ।

शीर्ष नेताहरू जिल्ला दाैडाहामा सरिक हुँदै आफ्ना दलका उम्मेदवारकाे पक्षमा माहाेल बनाउन लागिपरेका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाबाट बालेन्द्र शाह ‘बालेन’ ले झापामा घरदैलाेमा व्यस्त रहँदा रास्वपाकै सभापति रवि लामिछाने कास्कीमा बुधबार दिनभर व्यस्तता देखिन्थ्याे ।

लामिछानेकाे दलले ‘घण्टी यात्रा’ भन्दै कार्यक्रम गरिरहेकाे छ ।

कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेता पनि सामाजिक सञ्जाल मार्फत् सन्देश जारी गर्नुका साथै तराइमा सर्लाही ४ आफ्नाे निर्वाचन क्षेत्र एवं कास्की लगायतका जिल्लामा नेता कार्यकर्तासँग चुनावी प्रचारका कामा सक्रिय निस्किए। उनी निर्धारित समयमै पोखरा आइपुगेका थिए। गाडीमा सवार लामिछाने घण्टी बजाउँदै, हात हल्लाउँदै अघि बढ्दा सडकछेउ दर्शकको भीड देखिन्थ्यो। कार्यकर्ता र समर्थकले दिएको फूलगुच्छा उनका हातमा थुप्रिँदै थियो।

विन्ध्यावासिनी मन्दिरमा टीका थापेपछि पृथ्वीचोकमा उनले संक्षिप्त सम्बोधन गरे। त्यहीँ उनले पोखराकै सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको मुद्दा स्मरण गरे—जसमा उनी ८४ दिन कास्की प्रहरी हिरासतमा बसेका थिए।

‘यो कुशासन र सुशासनबीचको लडाइँ हो,’ उनले भने, ‘वारपार हुन्छ।’

प्रचण्ड भने आफूहरूको पक्षमा ‘बिस्तारै लहर बढ्दै गएको’ दाबी गर्थे। नयाँ र पुरानोको बहस चलिरहेकै बेला, उनले पार्टीको चुनाव चिह्न ‘तारा’ मा भोट हाल्न मतदातालाई सिकाउनुपर्ने चुनौती समेत औंल्याए।

पोखरामा एकैदिन देखिएको यो दृश्यले एउटा कुरा प्रस्ट पारेको थियो—एजेण्डा उस्तै सुनिए पनि, राजनीतिलाई प्रस्तुत गर्ने शैली र मतदातासँग पुग्ने बाटो फरक–फरक छन्।

कसको ‘नयाँपन’ मतपेटिकासम्म पुग्छ, त्यसको फैसला भने फागुन २१ गते हुनेछ।

Facebook Comments