स्ट्रेट अफ हर्जुज बन्द गर्ने इरानकाे घोषणा, अमेरिकाद्वारा थप हवाई आक्रमण

इरानले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने स्ट्रेट अफ हर्जुज बन्द गर्ने घोषणा गरेकाे छ ।

अमेरिकाले इरानमाथि नयाँ चरणको थप हवाई आक्रमण सुरु गरेको जनाएकाे छ । अमेरिकी राष्ट्रपतिले इरानमाथि भीषण आक्रमण गर्ने र हजाराैं मिसाइल तैनाथी गरिएकाे उल्लेख गर्नुभएकाे छ । छ। 

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले साइप्रसको झण्डा बोकेको एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले इरानमाथि थप सैन्य कारबाही गरेको हो।

इरानी सञ्चारमाध्यमका अनुसार आईआरजीसीले उक्त हर्मुज हुँदै जाने पानीजहाजले स्वीकृत मार्ग परिवर्तन गरेको र चेतावनीलाई बेवास्ता गरेको भन्दै क्रुज मिसाइल प्रहार गरेको जनाएकाे छ ।

तनाव बढेसँगै इरान र अमेरिकाले एक अर्कामाथि युद्धविराम सम्झाैता उल्लघंन गरेकाे बताएका छन् ।

इरानले अर्को सूचना नभएसम्मका लागि उक्त हर्जुज पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ । अमेरिकाले भीषण आक्रमण गर्ने जनाएकाे छ । यो सैन्य तनावको पृष्ठभूमिमा इरानका नयाँ सर्वोच्च नेता आयतोल्लाह मोज्तवा खामेनीको बदला लिने उद्घोष रहेको छ।

पछिल्लाे यो द्वन्द्वले विश्वव्यापी तेल आपूर्ति र अन्तर्राष्ट्रिय सुरक्षामा गम्भीर संकट उत्पन्न गराएको अन्तर्राष्ट्रय सञ्चारमाध्यमले जनाएका छन् ।

Facebook Comments